बजेट कार्यान्वयनको प्रभावकारी योजना बनाउन मुख्यसचिव अर्यालको निर्देशन

बजेट कार्यान्वयनको प्रभावकारी योजना बनाउन मुख्यसचिव अर्यालको निर्देशन

केन्द्रबिन्दु
0
Shares

नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्यालले आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयन र योजना तर्जुमामा प्रभावकारीरुपमा कार्य गर्न आज विभिन्न मन्त्रालय र निकायका सचिवहरुलाई निर्देशन दिएका छन्।
      
नयाँ आर्थिक वर्षको पहिलो दिन सिंहदरबारमा भएको बैठकमा मुख्यसचिव अर्यालले बजेट र नीति तथा कार्यक्रमअनुसार योजना तर्जुमा र तिनको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा कुनै कमी नगर्न निर्देशन दिएकाे हाे।

बैठकमा सहभागी एक सचिवका अनुसार सरकारले लिएका ‘माइलस्टोन’लाई पूरा गर्न आवश्यक योजना तय गरी बेरुजु फट्र्याैटमा ध्यान दिन छलफल भएको छ।  यसैगरी निजामती प्रशासनलाई विश्वसनीय बनाउने सवालमा बैठकमा हाल देखिएका कतिपय समस्याका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ।

Skip This
Skip This
Logo