सवारी नियम उल्लघनको राजश्व संकलन प्रदेशगत रुपमा बैंकिङ प्रणालीमा जोडियो

सवारी नियम उल्लघनको राजश्व संकलन प्रदेशगत रुपमा बैंकिङ प्रणालीमा जोडियो

केन्द्रबिन्दु
0
Shares

सात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ आजबाट सञ्चालनमा आएको छ। सवारी नियम उल्लंघन कसूरहरूको जरिवाना वापत राजश्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने उद्देश्यले उक्त सिस्टम सञ्चालन गरिएको हो।

उक्त सिस्टम कोशी प्रदेश अन्तर्गतका सुनसरी, मोरङ र झापा, मधेश प्रदेश अन्तर्गतका सिरहा, पर्सा र महोत्तरी सञ्चालन गरिएको छ। यस्तै बागमती प्रदेश अन्तर्गतका सिन्धुली, काभ्रे र मकवानपुर,गण्डकी प्रदेश अन्तर्गतका कास्की,तनहुँ र नवलपरासी (पूर्व) मा पनि सञ्चालन हुने छन्। 

यसैगरी लुम्बिनी प्रदेश अन्तर्गतका रूपन्देही,दाङ र बाँके,कर्णाली प्रदेश अन्तर्गतका सुर्खेत,सल्यान र दैलेख र सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली,कंचनपुर र डोटी जिल्लामा लागू भएको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ।

Skip This
Skip This
Logo