श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपअन्तर्गत नेपाल दोस्रो खेलमा भारत एसँग १६७ रनमा अलआउट भएको छ ।
आर प्रेमदासा रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७.२ ओभरमा १ सय ६७ रनमा अल आउट भएको हो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ६५ रनको योगदान दिए । साथै गुलशन झाले ३८ रन बनाउनुबाहेक अन्य खेलाडीको राम्रो प्रदर्शन रहन सकेन ।
बलिङमा भारतका निशान्त सिन्धुले सर्वाधिक ४ विकेट लिए भने राजवर्धन हंगागेकारले ३ विकेट तथा हर्षित रानाले विकेट लिए ।





























प्रतिक्रिया