‘प्रोजेक्ट के’ ले सार्वजनिक गर्‍याे दीपिका पादुकोणको फस्ट लुक

‘प्रोजेक्ट के’ ले सार्वजनिक गर्‍याे दीपिका पादुकोणको फस्ट लुक

केन्द्रबिन्दु
0
Shares

प्रभास स्टारर फिल्म ‘प्रोजेक्ट के’बहुप्रतिक्षित फिल्म मध्ये एक हो। 

योसँगै निर्माताहरूले नाग अश्विनको एपिक साइन्स फिक्शन फिल्मबाट दीपिका पादुकोणको फर्स्ट लुक सार्वजनिक गरेका छन्। फिल्ममा अमिताभ बच्चन, कमल हासन र दिशा पटानीको पनि महत्वपूर्ण भूमिका छ। 

यसअघि निर्माण पक्षले सोमबार साँझ ५ बजे पोस्टर रिलिज गर्ने घोषणा गरेको थियो तर ढिलाइ भएको थियो। तर, राति अबेर फिल्मको पोस्टर रिलिज गर्दै दीपिका पादुकोणको फिल्मको फर्स्ट लुक सार्वजनिक भएको हो।

‘प्रोजेक्ट के’ बाट दीपिका पादुकोणको फर्स्ट लुक पोस्टर वैजयन्ती मुभिजको आधिकारिक इन्स्टाग्राम ह्यान्डलमा सार्वजनिक गरिएको छ। पोस्टरमा दीपिका पादुकोणको इन्टेन्स लुक देख्न सकिन्छ र उनी केही हेरिरहेकी देखिन्छिन्।

पोस्टरमा दीपिकाको आउटफिट केही र्याग टाइपको देखिन्छ। योसँगै क्याप्सनमा लेखिएको छ, ‘अब राम्रो भोलिको आशा जाग्यो। प्रभास,नाग अश्विन र कमल हासनसँग दीपिकाको यो पहिलो सहकार्य हो। यसअघि उनले अमिताभ बच्चनसँग काम गरिसकेकी छिन्।

Logo