जानकी फाइनान्सको कहिले बस्दैछ साधारण सभा ?

जानकी फाइनान्सको कहिले बस्दैछ साधारण सभा ?

केन्द्रबिन्दु
0
Shares

जानकी फाइनान्सले साउन १३ गते साधारण सभा बोलाएको छ। कम्पनीले २६ औं सभा डाकेको हो। यता, फाइनान्सले यो वर्ष लगानीकर्ताको हात रित्तो बनाउने भएको छ। लाभांश वितरण सम्बन्धी एजेन्डा छैन।

कम्पनीले गत वर्ष भने १५% बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत  नगद लाभांश वितरण गरेको थियो। सभामा अन्य कुनै कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुँदैछ।

यस कम्पनीको आर्थिक वर्ष २०७८–७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुनेछ। यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। साधारण सभा मसाला कटेज,तिरहुतिया गाछी जनकपुरधाममा बिहान ११ बजे सुरु हुनेछ। 

सभा प्रयोजनका लागि जानकीले आज मंगलबार साउन २ गतेदेखि १३ गतेसम्म बुक क्लोज गरेको छ। साउन १ गते सोमबारसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।

Logo