मलेसियामा नेपाल एयरलाइन्सको विमान डिले भएपछि छानबिन समिति गठन

मलेसियामा नेपाल एयरलाइन्सको विमान डिले भएपछि छानबिन समिति गठन

केन्द्रबिन्दु
0
Shares

क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको उडान डिले भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ।

निगमको आरए ४२२ उडान भर्नु अगाडी ९एन-एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान रोकिएको थियो।

अहिले यसको व्यवस्था भइसकेको र जहाज उड्ने क्रममा रहेको निगमले उल्लेख गरेको छ। कम्पनीले उडान ढिला भएको प्रति यात्रुसँग माफी माग्दै आगामी दिनमा यस्तो नहुने बताएको छ।

Logo