बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन्ः प्रधानमन्त्री प्रचण्ड

बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन्ः प्रधानमन्त्री प्रचण्ड

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री पुष्पकलमल दाहाल ‘प्रचण्ड’ले आफ्नी धर्मपत्नी सीता दाहालको निधनमा समवेदना प्रकट गर्ने सबैलाई धन्यवाद दिएका छन्। मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा उनले शोकको घडीमा पाएको साथले पीडाबाट निस्कन मद्दत गरेको बताए। उनले देश र समाजप्रति जिम्मेवार हुन प्रेरित महसुस गरिरहेको पनि बताए।

उनले भने,“पछिल्ला वर्षमा हामीले एक छोरी र छोरा दुई सन्तानको असामयिक र अकल्पनीय मृत्यु व्यहोर्‍यौँ,शरीरले साथ दिँदासम्म यो पीडामा उनी पनि दृढताका साथ उभिनै रहिन् । र, त्यो पीडाको सामना गरिरहिन्।”

सीता बिरामी हुँदा राज्यकोषबाट कुनै सुविधा नलिएको र हुन सक्ने उपचार पद्धति अपनाइएको उनले जानकारी गराए। “उनी बिरामी भएपछि राज्यबाट कुनै सुविधा नलिकैन हामीले उपलब्ध र लाभदायी हुन सक्ने सबै खालको पद्धतिबाट उपचारको प्रयास पनि गरिरह्यौँ,” उनले भने।

सीता थला परेपछि अन्तिम अवस्था दुःखदायी हुन्छ कि भन्ने लागेको भन्दै उनले मृत्यु शान्त रोजेको बताए। “उनी थला नै परेपछि उनको अन्तिम अवस्था दुःखदायी र कष्टप्रद हुन्छ कि भन्ने हामीलाई चिन्ता थियो। अन्तिम अवस्थामा अस्पतालकाले आईसीयू वा भेन्टिलेटरमा पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने हामीलाई चिन्ता थियो,” प्रचण्डले भक्कानिँदै भने, “तर, बाँच्दासम्म अरूलाई पीडा दिन नजानेकी सीताले मृत्यु पनि निकै शान्त रोजिन्। साढे ७ बजे हामीले हस्पिटल लगेको झन्डै ८ः३० बजे हामी सबैबाट बिदा भइन्।”

Logo