नेपाली कांग्रेसको रुपान्तरणका लागि पार्टी रुपान्तरण अभियान चलाइरहेका नेताहरुले प्रतिवेदन बुझाएका छन् । सभापति शेरबहादुर देउवाले प्रतिवेदन बुझ्नका लागि समय नदिएपछि उनीहरुले केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएका हुन् । केन्द्रीय समिति बैठक सुरु हुनुअघि प्रतिवेदन बुझाइएको हो ।
पत्रमा कांग्रेसलाई समयसापेक्ष सुधार नगरी रूपान्तरणका आकांक्षा र आवश्यकतालाई समयमै सम्बोधन नगरिए पार्टी सदस्यहरूमा झनझन निराशा बढ्दै जाने निश्चित रहेको उल्लेख छ। यस्तै पार्टीको लोकप्रिय जनाधार खस्किँदै जाने निश्चित रहेको उल्लेख छ।
केन्द्रीय सदस्य मधु आचार्य, गोविन्द पोखरेल र नेताहरू गुरुराज घिमिरे, भुपेन्द्रजंग शाही, रञ्जित कर्णलगायतले रुपान्तरण अभियान चलाएका थिए।कांग्रेस रुपान्तरण अभियानले २१ बुँदे सुझाव दिएको छ । प्रतिवेदनमा १४औँ महाधिवेशन सकिएको ६ महिनाभित्र गर्ने भनिएको नीति महाधिवेशन यथाशीघ्र गर्न सुझाइएको छ ।





























प्रतिक्रिया