उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का अध्यक्ष रमेशकुमार सिलवाल ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८०’ बाट सम्मानित भएका छन् ।
केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंको नक्सालस्थित होटल मेरिएटमा आयोजित एक विशेष कार्यक्रमकाबीच गोल्डेन गेट कलेजका अध्यक्षसमेत सिलवाललाई उक्त सम्मान प्रदान गरेको हो ।
शिक्षा प्रणालीको स्तरोन्नति गरी नेपालमा उच्च शिक्षाको स्तरवृद्धि गर्न निरन्तर लागेका उनको योगदानको उच्च कदर गर्दै केन्द्रबिन्दुले सम्मान गरेको हो । नेपाल उच्च शिक्षाको लागि एसियाको हब बन्नुपर्ने अवधारणालाई अंगालेका सिलवालको खेलकुद क्षेत्रमा पनि उत्तिकै महत्वपूर्ण योगदान छ ।































प्रतिक्रिया