गठबन्धन जोगाएर काँग्रेसले ठूलो उपलब्धी हासिल गरेको छः उपसभापति खड्का

गठबन्धन जोगाएर काँग्रेसले ठूलो उपलब्धी हासिल गरेको छः उपसभापति खड्का

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले गठबन्धन जोगाएर पार्टीलाई सही बाटोमा डोहो‍-याएको बताएका छन् । 

काठमाडौंमा मंगलबारदेखि सुरु भएको बैठकमा आफ्नो धारणा राख्दै उपसभापति खड्काले ३ महिना २३औं दिनमा आज सरकारमा कांग्रेस रहनुको पछाडी पुस १० गते भत्किएको गठबन्धन जोगाउने नेतृत्वको सफलताकै कारण सम्भव भएको बताएका हुन् । 

कुनैपनि हालतमा माओवादी केन्द्र र एमालेबीचको गठबन्धन भत्काउनुपर्छ भन्ने लक्ष्यका साथ सभापति शेरबहादुर देउवाको नेतृत्वमा भएको वार्ताको आधारमा कांग्रेसले राष्ट्रपतिदेखि सरकारमा सहभागिता तथा प्रदेशमा समेत सम्मानजनक अवस्थामा उभ्याएको बताए । 

उनले भने, ‘त्यहि विश्वासको मतको आधारमा पुस १० गते भत्किएको गठबन्धन पुर्नस्थापित हुने एउटा राजनीतिक वातावरण बन्यो । त्यहि वातावरणको परिणाम स्वरुप हाम्रो पार्टीको बरिष्ठ नेता रामचन्द्र पौडेललाई हामीले राष्ट्रपतिको रुपमा निर्वाचित गरेर आज मुलुक राष्ट्रपतिको जिम्मेवारी हाम्रा आदरणीय नेताको जिम्मामा पुगेको छ ।’

Skip This
Skip This
Logo