एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन्। उनी गएराति त्यसतर्फ प्रस्थान गरेका हुन्। 

ओली कम्बोडियामा हुने निर्वाचन पर्यवेक्षणका लागि गएका हुन्। ओलीको भ्रमणदलमा पत्नी राधिका शाक्य,उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन्। 

ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन्। त्यस्तै, उपाध्यक्षसमेत रहेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई कार्यवाहक संसदीय दलको नेताको जिम्मेवारी दिइएको सचिवालयले जनाएको छ। 

एमाले अध्यक्ष ओली साउन ८ गते स्वदेश फर्किने छन्। ओली त्यहाँ रहँदा एसियाली पार्टीहरूको सम्मेलनसहित विभिन्न भेटघाटमा सहभागि हुने उनका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए। 

Skip This
Skip This
Logo