६९ औँ एपिसोडपछि ‘कमेडी क्लब विथ च्याम्पियन्स’ सधैंका लागि बन्द [भिडियाेसहित]

६९ औँ एपिसोडपछि ‘कमेडी क्लब विथ च्याम्पियन्स’ सधैंका लागि बन्द [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

पटक पटक विवादमा मुछिंदै आएको टेलिभिजन शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ सधैंका लागि बन्द भएको छ। विशाल भण्डारीले निर्देशन गर्दै आएको उक्त कार्यक्रम ६९ औं एपिसोडपछि बन्द भएको निर्माण टिमले जानकारी दिएको हो। 

यस बारेमा निर्देशक विशाल भण्डारीले भने अर्को रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन ३’ सुरु हुने भएकाले ‘कमेडी क्लब विथ च्याम्पियन्स’ बन्द गरेको बताएका छन् ।  उक्त कार्यक्रमको अन्तिम भागमा फिल्म ‘मेयर साप’को विषयमा बिक्कीले आफ्नो प्रस्तुति दिएका थिए।

पटक पटक विवादमा मुछिंदै आएको टेलिभिजन शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ सधैंका लागि बन्द भएको छ।

कार्यक्रममा ‘कमेडी च्याम्पियन १ र २’का प्रतिस्पर्धीहरु पवन भट्टराई, मेक्सम गौडेल, श्रेया सुवेदी, साजन श्रेष्ठ, उमेश राई, सुमन कार्की र कैलाश कार्की सहभागी रहेका थिए। यसको अध्यक्षका रुपमा दीपाश्री निरौला रहेकी थिइन्। 

१६ महिना अघिदेखि सुरु भएको ‘कमेडी क्लब विथ च्याम्पियन्स’ शोका कलाकारहरुले विभिन्न विषयमा कमेडीमार्फत दर्शकलाई हँसाउने प्रयास गर्दै आएका थिए। तर दर्शकलाई हँसाउने अथक प्रयासका बावजुत पनि उक्त सो सुरुवातबाट नै विभिन्न आरोप  खेप्दै आएको थियो।

सोमा गन्धर्व बनेर प्रस्तुत हुने पवन भट्टराईको प्रस्तुतिले आफूहरूलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै गन्धर्व समाजले आक्रोस पोखेको थियो।

केहि समय अगाडिमात्र कमेडी क्लब विथ च्याम्पियनका प्रस्तोता विशाल भण्डारी र कमेडियन विक्की अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी समेत परेको थियो। फिल्म निर्देशक राजु गिरीले आफूले बनाउन लागेको फिल्मको विषयमा जथाभाबी कन्टेन्ट बनाएको भन्दै उजुरी नै दिएका थिए।  

त्यस्तै सोहि सो कै कुनै एक कार्यक्रममा गन्धर्वको प्रस्तुतिलाई लिएर गन्धर्व समाजले पनि आपत्ति जनाएको थियो। सोमा गन्धर्व बनेर प्रस्तुत हुने पवन भट्टराईको प्रस्तुतिले आफूहरूलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै गन्धर्व समाजले आक्रोस पोखेको थियो। सुरुवाति चरण देखिनै केहि न केहि प्रसङ्गमा सँधै विवादमा मुछिँदै आएको सो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ ले अन्ततः बिश्राम लिने भएको छ। 

Logo