उत्तर कोरिया छिरेलगत्तै अमेरिकन नागरिक पक्राउ

उत्तर कोरिया छिरेलगत्तै अमेरिकन नागरिक पक्राउ

केन्द्रबिन्दु
0
Shares

उत्तर कोरिया र अमेरिकाबीच तनाव जारी छ।यसैबीच उत्तर कोरियाले एक अमेरिकी नागरिकलाई हिरासतमा लिएको छ। उत्तर कोरियाली अधिकारीहरूले अमेरिकी नागरिक बिना अनुमति उत्तर कोरियाको सीमामा प्रवेश गरेको दाबी गरेका छन्। संयुक्त राष्ट्रसंघले ट्वीट गर्दै यो जानकारी दिएको हो।

संयुक्त राष्ट्र कमाण्डले एक ट्वीटमा अमेरिकी नागरिक कोरियाली सीमावर्ती गाउँको भ्रमण गरेको र अनुमति बिना उत्तर कोरिया प्रवेश गरेको जनाएको छ। जसलाई उत्तर कोरियाले हिरासतमा राखेको छ।

ट्वीटमा थप भनिएको छ कि,‘संयुक्त राष्ट्र कमाण्डले यस घटनाको समाधान गर्न उत्तर कोरियाली समकक्षहरूसँग काम गरिरहेको छ। बिना अनुमति उत्तर कोरियाको सीमामा प्रवेश गर्ने व्यक्तिको पहिचानको बारेमा ट्वीटमा कुनै जानकारी दिइएको छैन। साथै उनले किन सीमा नाघेको हो? भन्ने पनि अझै खुलेको छैन।

यसै क्रममा दक्षिण कोरियाको डोङ ए इल्बो दैनिकले उत्तर कोरियाली सेनालाई उद्धृत गर्दै सीमा पार गर्ने व्यक्ति अमेरिकी सेनाको सिपाही भएको बताएको छ। उनीहरुको नियतबारे अनुसन्धान भइरहेको छ। उल्लेखनीय छ,पछिल्लो समय उत्तर कोरिया र अमेरिकाबीचको विवाद चर्किएको छ।

उत्तर कोरियाले इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल (आईसीबीएम) प्रक्षेपण गरे पछि गत आइतबार नै जापान,दक्षिण कोरिया र अमेरिकाले जापानको सागरमा संयुक्त नौसैनिक मिसाइल रक्षा अभ्यास गरेका थिए। जसका कारण किम जोङ उन थप आक्रोशित छन्।

Logo