यूएईविरुद्ध टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल

यूएईविरुद्ध टस हारेर पहिले फिल्डिङ गर्दै नेपाल

केन्द्रबिन्दु
0
Shares

एसिसी मेन्स इमर्जिङ टिम्स एसिया कपमा यूएई 'ए'विरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ। श्रीलंकाको पी सारा ओभलमा हुने खेलका लागि भएको टस जितेपछि यूएईका कप्तान अली नासिरले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिएका हुन्।

प्रतियोगितामा दुवै टिमको यो समूह चरणको अन्तिम खेल हो। यसअघिका दुई खेलमा लगातार हार बेहोरेका कारण दुवै टिमको सेमिफाइन पुग्ने सम्भावना समाप्त भइसकेको छ। यसैकारण आजको खेलमा दुवै टिम जितसहित प्रतियोगिताको सुखद् अन्त्यको लक्ष्यमा हुनेछन्।

यसअघि, प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग चार विकेटले र दोस्रो खेलमा भारत ‘ए’सँग नौ विकेटले पराजित भएको थियो।

Skip This
Skip This
Logo