माओवादी केन्द्रका सांसद माधव सापकोटाले अमेरिकामा न्यूयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको उच्चस्तरीय राजनीतिक फोरम (एचएलपीएफ) लाई सम्बोधन गरेका छन्। फोरममा संलग्न अल्पविकशित देश (एलडीसी) सदस्य राष्ट्रको प्रतिनिधित्व गर्दै सापकोटाले फोरमलाई सम्बोधन गरेका हुन्।
सम्बोधनका क्रममा उनले राष्ट्रसंघले अघि सारेको दिगो विकास लक्ष्य कार्यान्वयनका लागि सक्दो प्रयास गरिरहेको बताए। तर,त्यसका लागि आन्तरिक श्रोत मात्र पर्याप्त नभएकाले श्रोत उपलब्ध गराउन विकसित मुलुकहरुलाई अपिल गरे।
दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक कानून निर्माणका साथै सामाजिक र आर्थिक विकासका खाका तयार पारिए पनि ती कार्यक्रम कार्यान्वयनका लागि आन्तरिक स्रोत साधन र क्षमताको सीमा रहेको उल्लेख गरे।
यो नेपालको मात्र नभई तेश्रो विश्वसका अल्पविकसित सबै मुलुकहरुका साझा समस्या रहेको सापकोटाको भनाइ थियो। सापकोटाले नेपालको संविधानमा खाद्यान्न, आवास, स्वास्थ्य, शिक्षा, रोजगारीजस्ता विषय नागरिकको मौलिक हकका रुपमा लिपिबद्ध गरेको जानकारी उनले विश्व समुदायलाई गराए।
मौलिक हक कार्यान्वयनका लागि संसदले १६ वटा कानूनसमेत निर्माण गरिसकेको जानकारी उनले दिए। सापकोटाले नेपालको सरकार संसदप्रति जवाफदेही रहेको समेत बताए। सापकोटाले नेपालको विकास प्रयासमा सघाउन विकास साझेदारहरूमार्फत अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरे।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठको नेतृत्वमा नेपाली प्रतिनिधिमिण्डल गत साता न्यूयोर्क प्रस्थान गरेको थियो।टोलीमा काँग्रेसका तर्फबाट राष्ट्रियसभाको राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समिति सभापति अध्यक्ष प्रकाश पन्थ,एमाले सचेतक महेशकुमार बर्तौला,माओवादी केन्द्रका सांसद सापकोट,राष्ट्रिय योजना आयोगका सचिव तोयनारायण ज्ञवालीलगायत छन्।































प्रतिक्रिया