आज नेपाली बजारमा सुनको मूल्य ६ सय रूपैयाँले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १२ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे छापावाल सुन आज १ लाख १३ हजार १ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५ सय ५० रुपैयाँ कायम छ। यस्तै, आज चाँदीको मूल्य १० रूपैयाँले बढेकाे छ। मंगलबार प्रतितोला १ हजार ४ सय ८० रुपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ९० रूपैयाँमा काराेवार भइरहेकाे छ।































प्रतिक्रिया