सारुकका पितासँग बयान लिँदै प्रहरी

सारुकका पितासँग बयान लिँदै प्रहरी

केन्द्रबिन्दु
0
Shares

अभिनेता सारुक ताम्राकारको मृत्यु प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले उनका पिता सानु ताम्राकारसँग बयान लिने भएको छ। सारुक रोतोपुलस्थित आफ्नै घरमा मृत फेला परेका थिए।

ताम्राकारको मोबाइल परीक्षण रिपोर्ट कुरिरहेको प्रहरीले सारुकका निकटस्थहरूसँग सोधपुछ गरिरहेको छ। मोबाइलको रिपोर्ट आज कम्तीमा दुई साता लाग्ने प्रहरीको भनाई छ।

यसअघि प्रहरीले सारुकले सुटिङ गरिरहेको ‘ह्यासट्याग माया’ का निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग सोधपुछ गरेर ‘कागज’ गराइसकेको छ।

प्रहरी वृत्त मालिगाउँका अनुसन्धान अधिकृतहरूले सारुकलाई आत्महत्या गर्न ‘दुरुत्साहन’ गरिएको थियो वा थिएन भन्ने बारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।

Logo