भद्रा घले सदनमा डोजर चलाएपछि महानगर प्रहरी प्रमुख पाण्डे भन्छन्- भावनामा बग्ने छुट छैन

भद्रा घले सदनमा डोजर चलाएपछि महानगर प्रहरी प्रमुख पाण्डे भन्छन्- भावनामा बग्ने छुट छैन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाले अनामनगरस्थित देवीनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन डोजर चलाएकाे छ । सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन बुधबार डोजर चलाएको हो । 

महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेकाले महानगरले उक्त संरचनामा डोजर चलाइएको हाे । उनले भने, 'यो सार्वजनिक जग्गा हो, यस्ता जग्गामा रहेको संरचना भत्किन्छ । कानूनी राज्यमा कानूनी व्यवस्था यहि हो । भावनामा बग्ने छुट हामीलाई छैन । वृद्धहरुको कोही छैन्, आफ्नो कोही छैन भने हामी मानव आश्रम सेवामा लगेर राख्ने व्यवस्था मिलाउँछौं ।' 

नगरप्रहरीले तीनदिन अघि उक्त भवन खाली गर्न अल्टिमेटम दिएको थियो । तीनभित्र पनि उक्त भवन खाली नगराएपछि नगरप्रहरीले डोजर चलाएको महानगरले जनाएको छ । सदनमा ठूलो संख्यामा प्रहरी समेत परिचालन गरिएको छ। उक्त भवनमा आश्रम सञ्चालन गरिराखेको थियो । त्यहाँ असहाय अशक्त वृद्धवृद्धाहरुलाई आश्रय दिइरहेको थियो । यो आश्रम २०६२ सालदेखि सञ्चालन गरेको थियो ।

सार्वजनिक जग्गा फिर्ता गराउन भद्रा घले सदनमा चल्यो महानगरको डोजर [तस्विरमा]

Logo