कांग्रेस केन्द्रीय सदस्य देवकोटाको प्रश्नः सरकार परिवर्तन हुने चर्चा हल्ला हो या यथार्थ ?

कांग्रेस केन्द्रीय सदस्य देवकोटाको प्रश्नः सरकार परिवर्तन हुने चर्चा हल्ला हो या यथार्थ ?

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीतादेवी देवकोटाले सरकार फेरिने हल्ला आफूले सुनेको भन्दै कौतुहलता व्यक्त गरेकी छन् । 

बुधबार नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उनले वर्तमान सरकार परिवर्तन हुने भएको भन्दै चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘लाइभमा भन्न हुन्थ्यो/हुन्थेन, थाहा छैन । तर व्यापक रुपमा सरकार फेरिने हल्ला पनि बजारमा छ । खेल सामान्य छैन । कि नेपाली कांग्रेस सकाउने कि माओवादी सकाउने खेल छ । भ्रष्टाचारीलाई कारबाही गरेको कारणले माओवादीले कांग्रेसलाई छोड्नसक्ने चर्चा बजारमा रहेको छ । सभापति व्यक्ति होइन, संस्था हो । सभापतिलाई गाली गर्ने छुट कसैलाई छैन । सभापतिलाई कमजोर बनाउँदा पार्टी कमजोर हुनसक्छ ।’ 

सभापतिलाई कमजोर बनाएर पार्टी बलियो नहुने र यसलाई कमजोर बनाउने छुट कसैलाई पनि नभएको उनको तर्क छ । 

केन्द्रीय सदस्य देवकोटाले पार्टीमा धेरै संघर्ष गरेको व्यक्ति भएकाले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन मागसमेत गरिन् ।

Skip This
Skip This
Logo