साउन ४ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ०६ पैसा र बिक्री दर १३१ रुपैयाँ ६६ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४७ रुपैयाँ १० पैसा र बिक्री दर १४७ रुपैयाँ ७८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ४९ पैसा र बिक्री दर १७० रुपैयाँ २७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९७ पैसा र बिक्री दर ३६ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
हेर्नुहोस् कुन देशको विदेशी मुद्राको विनियम दर कति ?































प्रतिक्रिया