विश्वका शक्तिशाली पासपोर्ट(राहदानी)हरूको सूचीमा नेपाल ९८औं स्थानमा परेको छ। विश्वका विभिन्न देशको पासपोर्टको सर्वेक्षण गर्ने दहेन्ली पासपोर्ट इन्डेक्स’ले नयाँ सर्वेक्षण सूचकांक सार्वजनिक गरेको छ जस्मा नेपाल ९८औं स्थानमा परेको हो। विश्वकै कम शक्तिशाली सूचीमा रहेको नेपालको पासपोर्टले ३८ देश तथा क्षेत्रमा प्रवेश पाउन सकिन्छ।
त्यस्तै सबैभन्दा अन्तिममा अफगानिस्तानको पासपोर्ट रहेको छ। जसले २७ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ। ८० देश तथा क्षेत्रमा प्रवेश गर्न सकिने चीनको पासपोर्टे ६३ औँ स्थानमा रहेको छ भने छिमेकी देश भारतको पासपोर्ट ८०औँ स्थानमा रहेको छ। जस्ले ५७ ठाउँमा प्रवेश गर्न सकिन्छ।
विश्वकै कम शक्तिशाली सूचीमा रहेको नेपालको पासपोर्टले ३८ देश तथा क्षेत्रमा प्रवेश पाउन सकिन्छ।
त्यस्तै सन् २०२३ का लागि पहिलो नम्बरमा सिंगापुरको पासपोर्ट सबै भन्दा शक्तिशाली घोषित भएको छ। एक नम्बरमा रहेको सिंगापुरको पासपोर्टले १९२ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ। १९० देश प्रवेश पाउने जमर्नी, इटाली र स्पेनको पासपोर्ट भने दोस्रो स्थानमा छन्।
दक्षिण कोरिया र जापानको १८९ देशमा पहुँच पाउने पासपोर्ट तेस्रो स्थानमा छ। त्यस्तै आठौँ स्थानमा रहेको अमेरिकाको पासपोर्टले भने १८४ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ।
एक नम्बरमा रहेको सिंगापुरको पासपोर्टले १९२ देश तथा क्षेत्रमा प्रवेश गर्न सकिन्छ। १९० देश प्रवेश पाउने जमर्नी, इटाली र स्पेनको पासपोर्ट भने दोस्रो स्थानमा छन्।
कुनै पनि देशका नागरिकले विश्वमा भिसा प्राप्त सक्ने क्षमताका आधारमा यो सूची तयार गरिएको हो। विश्वका पासपोर्टमध्ये कुन पासपोर्टले कति देशमा फ्री भिसा र भनेकै बेला भिसा पाएर प्रवेश गर्न सकिन्छ भन्ने आधारमा सूचकांक तयार पार्ने गर्दछ।





























प्रतिक्रिया