कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। समितिले आजका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार काउली र गाजरको मूल्यमा निकै वृद्धि भएको हो।
तरकारी बजारले सार्वजनिक गरेको मूल्य सूचीअनुसार बुधबारको तुलनामा गाजरको मूल्यमा ३० रुपैयाँ वृद्धि भएको छ। प्रतिकेजी ८० रुपैयाँ रहेको गाजरको आज ११० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ।
काउलीमा पनि प्रतिकेजी २० रुपैयाँ वृद्धि भएको छ। स्थानीय काउली प्रतिकेजी २० रुपैयाँले बढेर आज ८० रुपैयाँमा किनबेच भइरहेको छ। हिजो काउलीको न्युनतममूल्य ६० रुपैयाँ प्रतिकेजी थियो।
त्यस्तै, लोकल सानो गोलभेँडाको मूल्यमाहिजोको तुलनामा१० रुपैयाँ घटेको छ । हिजो ४५ रुपैयाँ न्युनतम प्रतिकेजी मूल्य निर्धारण गरेको समितिले आजको लागि लोकल सानो गोलभेँडाको मूल्य ३५ रुपैयाँ तोकेको छ।
ठूलो गोलभेँडाको न्युनतम मूल्य स्थिर छ। आज प्रतिकेजी ८०रुपैयाँमा ठूलो गोलभेँडा पाइने छ। समितिका अनुसार रातो आलु नेपाली प्रतिकेजी ४६ रुपैयाँ मूल्य निर्धारण गरेको छ भने सेतो आलुको मूल्य ३५ रुपैयाँ न्यूनतम मूल्य राखेको छ। दुवैको मूल्य स्थिर छ।
कालीमाटी बजार विकास समितिका अनुसार भारतीय सुकेको प्याज ५० रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा लोकल बन्दाको भाउ प्रतिकेजी १० रुपैयाँ रहेको छ।
आज लोकल गाजरको भाउ ह्वात्तै बढेको छ। घिउ सिमी लोकल ४०, मूला रातो ३०, मूला सेतो लोकल २५, भन्टा लाम्चो ४०, मकै बोडी ५०, भटमास कोशा ८०, तितो करेला ४०, लौका ५०, परवल ३५, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ४०,कन्ने च्याउ १६०, डल्ले च्याउ ३४०, काँक्रो लोकल ७०,कुरीलो २५० र स्कूस ५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ।
रायोको साग प्रतिकेजी ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरीयो प्याज९० रुपैयाँ न्युनतम मूल्य रहेको छ। त्यस्तै, फलफूमा केरा दर्जन १५० रुपैयाँ तोकिएको छ भने फूजी स्याउ प्रतिकेजी ३५० पुगेको छ। कागती ११०,अनार ३८०,आँप मालदह १५०,अंगुर कालो ५५०,तरबुजा हरियो ८०,मौसम २२०,किवि ८००, मेवा ९० रुपैयाँ प्रतिकेजी तोकिएको छ।































प्रतिक्रिया