नेपाल विदेशीको नक्कल गर्ने थलो बन्योः बामदेव गौतम

नेपाल विदेशीको नक्कल गर्ने थलो बन्योः बामदेव गौतम

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेपाल विदेशीको नक्कल गर्ने थलो बनेको टिप्पणी गरेका छन् । 

राष्ट्रिय सभाको बैठकमा बिहिबार सांसद गौतमले बेलायतको नक्कल गरेर धेरै संख्याको प्रतिनिधिसभा बनाइएको भन्दै आपत्ति जनाएका हुन् । 

उनले भने, ‘२७५ जनाको प्रतिनिधि सभा किन  चाहियो ? घटाउनुस यसलाई २०० मा झार्नु २०० बनाउनु अथवा १५०—१५१ मात्र बनाउनुस् । त्यही पनि चल्छ , राष्ट्रिय सभाको सदस्य भन्न मिलेन तर प्रतिनिधि सभाको भन्दा छुट्टै अधिकार के छ ? कर्तव्य के छ ? बेलायतको नक्कल गरेर जसवेला राजाको टाउको काटेर विद्रोहीहरुले बेलायत भरी घुमाएका थिए र पछि श्रमिकहरुले विद्रोह गर्न सुरु गरेपछि ? जमिनदार र पुँजिपतिहरु मिलेर छुट्टै सदन बनाउने कार्य गरे । त्यसैलाई नक्कल  गरेर आज हामी यहाँ छौं ।’ 

संसदीय प्रणालीमा मात्रै नभई विकास निर्माणलगायत अन्य क्षेत्रमा समेत नेपालले विदेशी नक्कल गरेको उनको टिप्पणी छ । 

Skip This
Skip This
Logo