काठमाडौं। लघुवित्त संस्था तथा वित्तीय क्षेत्रबाट भइरहेको भनिएको शोषणको अन्त्य गर्नुपर्ने मागसहित किसान–मजदुर आन्दोलन नेपालले आइतबार काठमाडौंमा राजधानी मार्च आयोजना गरेको छ।
मार्चमा सहभागीले वित्तीय शोषणविरुद्ध एकजुट भएर संघर्ष गर्नुपर्ने सन्देश दिँदै विभिन्न नाराबाजी गरेका थिए। आन्दोलनका क्रममा किसान र मजदुरको साझा हकहित सुनिश्चित गर्न तथा वित्तीय अन्यायको अन्त्य गर्न सरकारसँग प्रभावकारी पहल गर्न माग गरिएको थियो।
वित्तीय शोषणविरुद्ध किसान-मजदुरको राजधानी मार्च :






























