काँग्रेसको प्रशंसा गर्दै वामदेव गौतमले भने- कम्युनिष्टहरु पनि त्यही बाटोमा हिँड्नुपर्छ

काँग्रेसको प्रशंसा गर्दै वामदेव गौतमले भने- कम्युनिष्टहरु पनि त्यही बाटोमा हिँड्नुपर्छ

केन्द्रबिन्दु
0
Shares

सांसद वामदेव गौतमले नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गरेकामा धन्यवाद दिएका छन् । 

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद गौतमले कांग्रेसले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गरेकामा धन्यवाद दिँदै यसलाई कम्युनिष्ट पार्टीहरुले पनि अनुसरण गर्नुपर्ने बताएका हुन् । “कांग्रेसले केन्द्रीय समितिको बैठक खुला गरेर धेरै राम्रो काम गरेको छ, कांग्रेसलाई बधाई दिन चाहन्छु, त्यही बाटोमा कम्युनिष्ट हिँड्नुपर्छ ।” उनले भने । 

त्यस्तै, सांसद गौतमले अप्ठ्यारो परेका बेला देश र जनतालाई सधैँ सहयोग र योगदान गर्दै आएको नेपाली सेनालाई कमजोर आँकलन गर्न नहुने बताएका छन्  । “नेपाली सेना राज्यशक्तिको नाम हो । सार्वभौमसत्ता, सीमाको रक्षा र राष्ट्रमा आइपर्ने जुनसुकै विपद्मा ज्यानको बाजी राखेर परिआएको खण्डमा बलिदान दिनेगरी सेवारत नेपाली सेनालाई यसरी अपमान गर्न हुँदैन”, उनले  ।
      
सांसद गौतमले नेपाली सेनाको इतिहासको स्मरण गराउँदै सेनाले विभिन्न क्षेत्रमा आफूलाई अब्बल बनाउँदै आएको उल्लेख गरे । “देशलाई बलिदानी दिन तयार रहेर सेवारत सेनालाई कमजोर बनाइनुहुन्न । राज्यका चार वटा अङ्गमध्ये एउटा मात्रै अङ्ग कमजोर भए हामीले दुर्घटना बेहोर्नुपर्छ । त्यसैले नेपाली सेनालाई अपमान गर्न हँुदैन”, उनले ।

Logo