राष्ट्रिय खेलकुद संघहरुको निर्वाचन प्रभावित

राष्ट्रिय खेलकुद संघहरुको निर्वाचन प्रभावित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण राष्ट्रिय खेलकुद संघहरुको निर्वाचन प्रभावित बनेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा दर्ता भएर चल्तीमा रहेका संघहरुले कोरोनाकै कारण नयाँ नेतृत्वको निर्वाचन गर्न पाएका छैनन् ।

परिषद्बाट नयाँ नेतृत्वको निर्वाचनका लागि स्वीकृती लिएका आर्चरी र मान्दोकाई कराँते संघले कोरोनाकै कारण साधारण सभा गर्न सकेका छैनन् । दुवै संघले राखेपबाट साधारण सभा आयोजनाका लागि अनुमती प्राप्त गरेका थिए । तर कोरोना संक्रमणको डर र सरकारले लागू गरेको लकडाउनका कारण दुवै संघले निर्वाचन प्रक्रिया अघि बढाउन सकेका छैनन् ।

राखेपका अनुसार आर्चरी र मान्दोकाई कराँते सहित नेपाल सुटिङ संघ, नेपाल जुडो संघ, अखिल नेपाल टेबल टेनिस संघ र नेपाल भलिबल संघले समेत कोरोनाका कारण नयाँ नेतृत्वको निर्वाचन गरेका छैनन् ।

जुडो संघको चार बर्षे कार्यकाल गत माघमै सकिएको थियो । राखेपले तीन महिनाभित्र निर्वाचन गराउन संघलाई पत्राचार समेत गरेको थियो । तर कोरोनाको कारण देखाउँदै संघले साधारण सभा आयोजना गर्न सकेको छैन ।

राखेपले प्रक्रिया नपुगेको भन्दै कतिपय संघलाई निर्वाचनको अनुमती दिएको छैन । स्वीकृती लिएका दुई वटा संघले लकडाउनका कारण साधारण सभा रोकिएको बताएका छन् । तर नयाँ ऐन अनुसार प्रक्रिया पूरा नगरेका संघहरुलाई मान्यता दिएका छैनन् ।

कोरोना कहरका बीच संघीय संसदको राष्ट्रिय सभाले खेलकुद विधान ऐन २०७७ पारित गरेको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण भएको ऐन असार १७ गतेबाट कार्यान्वयनमा समेत आएको छ । नयाँ ऐन अनुसार संघहरुले प्रक्रिया पूरा गर्न आवश्यक छ । कागजात पूरा गरेका संघहरुले मात्र नयाँ निर्वाचनको अनुमती पाउनेछन् ।

Skip This
Skip This
Logo