काठमाडौं ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुनः सरेको छ । बैठक माघ १३ गते बस्ने गरि सरेको हो। यस अघि माघ ६ गतेका लागि बोलाइएको बैठक माघ १३ गते दिउसो १ बजे बस्ने भएको हो। यो सहित बैठक तेस्रो पटक सरेको छ ।
पुस २७ गतेका लागि बोलाइएको बैठक माघ ६ गतेका लागि सारिएको थियो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि निर्देशन दिइएको छ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि यस विषयमा आधिकारिक धारणा बनाउन कांग्रेस केन्द्रीय समिति सुरु भएको हो ।
कांग्रेसले गत शनिबार प्रतिनिधिसभा विघटनको विरोध गर्दै देशका सबै स्थानीय तहमा प्रदर्शन गरेको थियो । उसले माघ ८ गते ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्दैछ।































प्रतिक्रिया