नेपाली काँग्रेसकी नेतृ आरजु राणाले मिडिया र सामाजिक सञ्जालमा सक्रिय भएकै कारण चुनाव जितेको टिप्पणी गरेकी छिन्।
मंगलबार नेपाली काँग्रेस मधेश प्रदेश कार्यालयमा आयोजित पत्रकार तथा पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले नयाँ पार्टी र नेताहरुलाई लक्षित गर्दै उनले इतिहासमा कुनै काम गरेको रेकर्ड समेत नभएका मानिसले सामाजिक संजालकै कारण चुनाव जितेको देख्दा आफूलाई आश्चर्य लागेको बताएकी हुन्।
‘देशमा देखिएका नयाँ पार्टीहरुसँग केहि पनि नरहेको त्यै पनि उनीहरु चुनाव जित्दा हामीहरु निशब्द भएका छौँ। समाजकि सञ्जाललाई हाम्रो संगठनको अहंम भूमिका खेल्ने पाटो बनाउने समय आएको छ। त्यसैले मन्त्रीज्यूहरु र सरकारमा बस्ने सबैजनालाई समाजिक सञ्जालमा पार्टीको गतिविधी बढाउन आग्रह गर्छु।’
उनले काँग्रेसको लगानी र योगदान मिडिया र समाजिक सञ्जालमा न्यून हुने गरेको भन्दै बढाउन भनिन्। विपक्षी पार्टीहरु मिडिया र समाजिक सञ्जालको सदुयोग गरिरहेको तर आफ्नो पार्टीका नेता तथा कार्यकर्ताले दुरुपयोग गरेको उनको टिप्पणी छ ।





























प्रतिक्रिया