काँग्रेस केन्द्रिय समिति बैठक बस्दै,सभापति देउवाले जवाफ दिने

काँग्रेस केन्द्रिय समिति बैठक बस्दै,सभापति देउवाले जवाफ दिने

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेस केन्द्रिय समिति बैठक बस्दैछ। सानेपा,ललितपुरस्थित केन्द्रिय कार्यालयमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो ४ बजे बोलाइएको छ। 

गत साउन २ गतेदेखी जारी बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राखिसके पछि गत सोमबारदेखी भने पार्टी पदाधिकारीले आफ्नो धारणा राखेका थिए।  जसअनुसार उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ,महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा,केन्द्रीय सदस्यहरु कृष्णप्रसाद सिटौला,सीता गुरुङ र राजीव कोइरालाले आ-आफ्नो धारणा राखेका थिए।

आजको बैठकमा केन्द्रिय सदस्यहरुले राखेका धारणा तथा छलफलका बिषयलाई निष्कर्ष दिने तथा सभापति शेरबहादुर देउवाले जवाफ दिने कार्यक्रम रहेको जनाइएकाे छ।

Skip This
Skip This
Logo