कोशी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ

कोशी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ

केन्द्रबिन्दु
0
Shares

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि आज पनि सुनुवाइ हुँदैछ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा मंगलवारदेखि सुनुवाइ सुरु भएको रिट हेर्दाहेर्दैमा राखिएको थियो।

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सोमबार रिटमाथिको सुनुवाइ पूर्ण इजलासबाट हुने आदेश दिएको थियो।मुख्यमन्त्री नियुक्ति प्रक्रिया संवैधानिक भएको भन्दै गत असार २२ गते निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

Skip This
Skip This
Logo