इन्डोनेसियामा १८ लाख रुपैयाँ खर्च गरेर कुकुरको विवाह, मागियाे माफी

इन्डोनेसियामा १८ लाख रुपैयाँ खर्च गरेर कुकुरको विवाह, मागियाे माफी

केन्द्रबिन्दु
0
Shares

इन्डोनेसियामा दुई महिलाले आफ्नो कुकुरहरूको निकै भव्य ढंगले विवाह गरिदिएका छन्। सो घटनाको ब्यापक आलोचना भएपछि दुवैले माफीसमेत माग्न बाध्य भएको समाचार बाहिर आएको छ।

इन्डोनेसियाको राजधानी जकार्ताको एउटा मल अलास्का मालामुट दुई कुकुरहरुकोको विवाह गराईएको थियो। दुई कुकुरको परम्परागत जाभानीज पहिरन लगाएका आफ्ना मालिक र आफन्तहरूको उपस्थितिमा सो विवाह भएको थियो। कुकुरको विवाहमा करिब १८ लाख रुपैयाँ खर्च भएको थियो। 

ती कुकुरको बिहेको खबरले सामाजिक सञ्जालमा हंगामा मच्चायो, जाभानीज संस्कृति अनुसार कुकुरसँग विवाह गरेकोमा सामाजिक सञ्जालमा मानिसहरू आक्रोशित भएका थिए। त्यसपछि मालिकले अगाडि आएर माफी मागेको थियो। लुना कुकुरकी मालिक्नी इन्दिरा रत्न सारीले बुधबार इन्डोनेसियाली जनतासँग माफी मागेकी छिन्।

संसारको चौँथो सबैभन्दा धेरै जनसंख्या भएको देशमा धनको दिखावटी प्रदर्शनलाई तिरस्कार गरिएको छ। विश्व बैंकले इन्डोनेसियाका २७ करोड मानिसमध्ये एक दशांश अझै गरिबीको रेखामुनि रहेको बताएको छ।
 

Skip This
Skip This
Logo