आज राष्ट्रिय सभा बैठक बस्दै

आज राष्ट्रिय सभा बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ः०१ मा बोलाइएको छ। 

आजको बैठकमा राष्ट्रिय सभाका सचिव डाक्टर सुरेद्र अर्यालले राष्ट्रिय सभाले पारित गरी सन्देश सहित प्रतिनिधिसभामा पठाएको “मलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०“ का सम्बन्धमा प्रतिनिधिसभाबाट पठाएको सन्देश राष्ट्रिय सभामा टेवुल गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जानकारी गराएको छ।

हिजो बसेको प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विमानस्थल बाट बाहिरिएको तस्करीको सय केजी सुन प्रकरणमा उच्चस्तरीय छानबिनको माग राखेर सदन अवरुद्ध  गरेकाे थियाे। आजको राष्ट्रिय सभामा पनि एमालेले आफ्नो मागलाई कायम राख्ने बुझिएको छ। 

Logo