कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूची अनुसार आज तरकारी तथा फलफूलको मूल्य सामान्य घटेको छ।
समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आजठूलो गोडभेँडा र सानो गोडभेँडाको मूल्य हिजोको तुलनामा स्थिर रहेको छ। नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी आज ९० रुपैयाँ रहेको छ। लोकल सानो गोलभेँडाको मूल्य पनि स्थिर ३५ रुपैयाँ नै कायम छ।
रातो आलु ४८ रुपैयाँ र सेतो आलुको न्यूनतम मूल्य ४ रुपैयाँले घटेर आज ३४ रुपैयाँ रहेको छ। समितिका अनुसार स्थानीय काउली ८० रुपैयाँ न्युनतम मूल्य निर्धारण गर्दा गाजरको मूल्यमा गिरावट आएको छ। हिजो प्रतिकेजी११० रुपैयाँ पुगेको गाजर आज ९० रुपैयाँ न्युनतम मूल्य निर्धारण गरिएको छ ।
यस्तै, घिउ सिमी लोकल ३०, मूला रातो २५, मूला सेतो लोकल १५,भन्टा लाम्चो ३०,मकै बोडी ४०, भटमास कोशा ८०, तितो करेला ५०, लौका ५०, परवल ३५, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ६०,कन्ने च्याउ १५०, डल्ले च्याउ२६०, काँक्रो लोकल ५०,कुरीलो २५० र स्कूस ७० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ।
रायोको साग प्रतिकेजी ८० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ,हरीयो प्याज ७० रुपैयाँ न्युनतम मूल्य रहेको छ। त्यस्तै,फलफूलमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ। फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ। कागती हिजोको तुलनामा प्रतिकेजी १० रुपैयाँले बढेर १४० पुगेको छ। अनार ३०० रुपैयाँ न्युनतम मूल्यमा पाइने छ।
आँप मालदह १२०,अंगुर कालो ५० रुपैयाँले घटेर आज ५०० रुपैयाँ मूल्य तोकिएको छ। तरबुजा हरियो ८०,मौसम २२०,किवि ८००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ७० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ।































प्रतिक्रिया