होन्डाले यूनिकर्नको इन्जिनमा नयाँ मोटरसाइकल ल्याउँदै

होन्डाले यूनिकर्नको इन्जिनमा नयाँ मोटरसाइकल ल्याउँदै

केन्द्रबिन्दु
0
Shares

जापनिज टु ह्विलर निर्माता होन्डाले आफ्नो लोकप्रिय मोटरसाइकल यूनिकर्नको प्लेटफर्म सेयर गरी नयाँ मोटरसाइकल एसपी-१६० ल्याउने भएको छ। 

सो नयाँ मोटरसाइकलको डिजाइन यूनिकर्नबाट प्रेरित हुने र पावरट्रेन पनि यूनिकर्नकै प्रयोग गर्ने जनाइएको छ। सो मोटरसाइकलले बजाज पल्सर पी-१५०, हिरो एक्सट्रिम-१६० आर, यामाहा एफजेड भी-४, टिभीएस अपाचे आरटीआर-१६० लगायतसंग प्रतिस्पर्धा गर्नेछ।

नयाँ मोटरसाइललाई होन्डाले अर्को महिना लच्न गर्नसक्ने आँकलन गरिएको छ। सो मोटरसाइकलमा १६२.७ सीसी क्षमताको एयर कुल्ड, सिंगल सिलिन्डर बीएस-६ फेज टु इन्जिन जडान गरिनेछ। 

Logo