एएफसी एसिया कप-२०२७ र फिफा विश्वकप-२०२६ छनोटको पहिलो चरणमा नेपाली राष्ट्रिय फुटबल टिमले लाओसविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।
होम एन्ड अवे पद्दतिमा हुने पहिलो चरणको छनोटका लागि बिहीबार मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा भएको ‘ड्र’मा नेपालले लासोसलाई प्रतिद्वन्द्वीको रुपमा पाएको हो ।
अक्टोबर १२ देखि १७ सम्म हुने पहिलो चरणका खेलमा जित निकाल्ने टिमले दोस्रो चरणमा स्थान बनाउनेछ । दोस्रो चरणमा एसियाका शीर्ष २६ वरीयताभित्र परेका टिमहरु छन् ।
पहिलो चरणको छनोटका अन्य खेलमा अफगानिस्तानविरुद्ध मंगोलिया भिड्नेछ भने माल्दिभ्सविरुद्ध बंगलादेश रहेकाे छ । साथै सिंगापुरविरुद्ध गुआमले प्रतिस्पर्धा गर्दा यमनविरुद्ध श्रीलंका, म्यानमारविरुद्ध मकाउ, कम्बोडियाविरुद्ध पाकिस्तान, चाइनिज ताइपेइविरुद्ध टिमोर लिस्टे, इन्डोनेसियाविरुद्ध ब्रुनाई र हङकङविरुद्ध भुटान रहेका छन् ।































प्रतिक्रिया