वासिंटन ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले अमेरिकाले पनि टिकटकसहित चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको बताएका छन् ।
उनले छिट्टै ती एप्समाथि प्रतिबन्ध लगाउनेबारे तयारी गरेको जानकारी दिएका हुन् । पेम्पिओले यसअघि भारतले चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएको निर्णयलाई स्वागत गरेका थिए । ती एप्सले चिनियाँ सरकारका सूचना शेयर गर्ने भन्दै प्रतिबन्ध लगाउने बताएका हुन् ।
पोम्पिओले फक्स न्युजसँगको अन्तर्वार्ताको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइ उद्धृत गर्दै यस्तो बताएका हुन् । अमेरिकी सांसदहरुले यसअघि पनि टिकटकले प्रयोग गरेका युजर डाटालाई लिएर राष्ट्रिय सुरक्षा खतरामा रहेको भन्दै प्रश्न उठाएका थिए ।
विश्वभर अत्याधिक लोकप्रिय बनेको टिकटक चिनियाँ कम्पनी बाइट डान्सको उत्पादन हो । टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि भारतले गत साता मात्रै प्रतिबन्ध लगाएको थियो ।































प्रतिक्रिया