पूर्वउर्जा जलस्रोत तथा सिचाईमन्त्री दिपक ज्ञवालीले प्रस्तावित विद्युत विधेयक समुदायको हितमा नरहेको आरोप लगाएका छन्।
बिहीबार काठमाडौँमा आयोजित सामुदायीक विद्युत उपभोक्ता महासंघ नेपालको १९ औँ स्थापना दिवसकाे अवसरमा बाेल्दै उनले सामुदायीक विद्युत मास्ने प्रावधान राखिएको जनाएका हुन्
उनले भने,‘प्रस्तावित विद्युत ऐनको ड्राफ्ट यस्तो खत्तम छ,कुन दिन पास हुने हो कि भन्ने डर छ। त्यो विद्युत ऐनले सबै सामुदायीक विद्युतहरु मासेर लान्छ। त्यसैले त्यो विधेयक आयो भने सभामुखज्युलाई मेरो रिक्वेस्ट छ एकचोटी सरोकारवाला समुदायले छलफल नगरी त्यसलाई पास गर्ने काम नहोस्।’
उनले विद्युतको क्षेत्रमा विद्युत प्रसारको कुरामा सरकारी उद्देश्य भनेको बत्ती बाल्नु मात्र भएको बताएका छन्। अहिले समस्या भनेको बत्ती बाल्नु नभई औद्योगिकीकरणका लागि हो ताकी हरेक व्यक्तिले गाउँमै बसेर रोजगारी गर्न सकुन भन्नको लागि भएको उनको भनाई छ।































प्रतिक्रिया