७ दिनभित्र कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न सर्वोच्चकाे आदेश

७ दिनभित्र कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न सर्वोच्चकाे आदेश

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आदेश दिएको छ ।

न्यायाधीश ईश्वर प्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै एक साताभित्र बहुमत पाउने दललाई मुख्यमन्त्री बनाउन आदेश दिएको हो । 

संविधानको धारा १६८ (२) बमोजिम २ वा दुई भन्दा बढी दलको बहुमत प्राप्त गर्ने व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गर्न अदालतले बाटो खोलेको हो । तर, बहुमत जुटाउन नसकेको खण्डमा भने सबैभन्दा ठूलो दलको नेताको हैसियतमा एमालेका हिक्मत कार्कीलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्नेछ ।

सर्वोच्चले सरकार गठनमा सभामुखको सहभागिता संविधानविपरित ठहर गर्दै थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले गरेको मुख्यमन्त्री नियुक्ति बदर गरेको छ । सर्वोच्चले सरकार गठनमा सभामुखले कसैलाई समर्थन गर्न नमिल्ने बताएको छ भने परमादेश दिन पनि अस्वीकार गरेको छ ।

Logo