काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ चर्चासँगै विवादमा तानिरहने पात्रमा पर्छन् । बालेन नगरप्रमुख भएको एक वर्षको अवधिमा उनले चर्चा र आलोचना दुवै खेपेका छन् ।
अनधिकृत संरचनामा डोजर चलाउँदा होस् या फुटपाथको व्यवस्थापनमा, उनको प्रसंशा र आलोचना दुवै भयो । महानगरवासीका धेरै अपेक्षामध्ये बालेनले एक वर्षको अन्तरालमा गरेका केही कार्यले भने काठमाडौँवासी उत्साहित देखिन्छन् । बालेनले प्रमुख पदमा रहँदा एक वर्षको समयमा निकै सकारात्मक काम गरेर चर्चामै रहे ।
बालेनले प्रमुख पदमा रहँदा एक वर्षको समयमा निकै सकारात्मक काम गरेर चर्चामै रहे ।

मेयरमा निर्वाचित भएसँगै उनले होटल, रेस्टुराँ, वित्तीय संस्थालगायतका शौचालय पनि सार्वजनिक रूपमा प्रयोग गर्न मिल्ने व्यवस्था गराए । यही एक वर्षको अन्तरालमा सङ्घीय सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारको फोहोर नउठाउने निर्णय,फुटपाथ व्यवस्थापन र त्यसक्रममा फुटपाथमा व्यापार गर्नेहरूमाथि नगर प्रहरीले गरेको व्यवहार, भूमिगत पार्किङमा बनेका संरचना भत्काउन थालेपछि केही आलोचित बने पनि धेरैले उनको यस कार्यमा साथ दिए । काठमाडौँका सडकमा हुने अव्यवस्थित पार्किङलाई हटाउनु निकै राम्रो कार्य मान्न सकिन्छ ।
अहिले दरबारमार्ग, बानेश्वरलगायतका मुख्य क्षेत्रमा हुँदै आएको अव्यवस्थित पार्किङ हटाइएको छ; जसले पैदलयात्रीलाई सहज भएको देखिन्छ ।
अहिले दरबारमार्ग, बानेश्वरलगायतका मुख्य क्षेत्रमा हुँदै आएको अव्यवस्थित पार्किङ हटाइएको छ; जसले पैदलयात्रीलाई सहज भएको देखिन्छ । दशकौँ अगाडिदेखि टुकुचा खोला खोज्ने र खोलामाथि बनेका संरचना भत्काउने कार्य अघि बढाउने बालेनको अर्को महत्वपूर्ण कार्य हो । लामो विवाद, पटक पटक उजुरी र फैसलासँगै उच्च अदातल, पाटनले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिइसकेको छ ।

काठमाडौं महानगरलाई नै कुरूप बनाउने गरी यत्रतत्र छरिएर रहेका अव्यवस्थित तार, ठुलाठुला होडिङ बोर्ड हटाउने निर्णयले पनि बालेन लोकप्रिय बने ।
काठमाडौं महानगरलाई नै कुरूप बनाउने गरी यत्रतत्र छरिएर रहेका अव्यवस्थित तार, ठुलाठुला होडिङ बोर्ड हटाउने निर्णयले पनि बालेन लोकप्रिय बने । यद्यपि अझै पनि बालेनबाट महानगरवासीका धेरै अपेक्षा छन् । जुन अपेक्षा पूरा गर्न बालेनले आफ्ना गतिलाई अझ बढाउनुपर्ने र कतिपय सुरु गरेका कामलाई पूर्णता र निरन्तरता दिँदै अगाडि बढ्नुपर्ने चुनौती पनि उनीसामु छन् ।





























प्रतिक्रिया