यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

यस्ताे छ आज तरकारी तथा फलफूलको मूल्य

केन्द्रबिन्दु
0
Shares

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ। 

समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज ठूलो गोडभेँडाको मूल्य हिजोको तुलनामा १० रुपैयाँले वृद्धि भएको छ। नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी आज १०० रुपैयाँ रहेको छ। लोकल सानो गोलभेँडाको मूल्य भने आज स्थिर रहेर ३५ रुपैयाँ नै कायम छ। रातो आलु ४८ रुपैयाँ र भारतीय रातो आलुको न्यूनतम मूल्य ३६ रुपैयाँ रहेको छ। 

समितिका अनुसार स्थानीय काउलीको मूल्य भने हिजो तुलनामा २० रुपैयाँले घटेर ६० रुपैयाँ न्युनतम मूल्यमा विक्रि भइरहेको छ। यस्तै गाजरको मूल्य भने ३० रुपैयाँले बढेर प्रतिकेजी १२० रुपैयाँ पुगेको छ। 

यस्तै, घिउ सिमी लोकल २५, मूला रातो ३०,मूला सेतो लोकल २०,भन्टा लाम्चो ३०, मकै बोडी ४०, भटमासकोशा ८०,तितो करेला ५०,लौका ५०,परवल ३५,फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ६० कन्ने च्याउ २००, डल्ले च्याउ ३००, काँक्रो लोकल ४०,कुरीलो २५० र स्कूस ६० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ। 

रायोको साग प्रतिकेजी ८० रुपैयाँ,तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ८० रुपैयाँ न्युनतम मूल्य रहेको छ। त्यस्तै, फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ। फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ। 

कागतीको मूल्य भने स्थिर नै रहेर प्रतिकेजी १४० रुपैयाँमा बिक्रि भइरहेको छ। अनार ३०० रुपैयाँ न्युनतम मूल्यमा पाइने छ। आँप मालदह १५०,अंगुर कालोको ५०० रुपैयाँ मूल्य तोकिएको छ। तरबुजा हरियो ८०,मौसम २२०,किवि ८००,मेवा ९० रुपैयाँ र नासपाति लोकल ६० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ।   

Skip This
Skip This
Logo