काठमाडौं ।
कोलकाताका महावाणिज्यदूत ईश्वरराज पौडेल र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीवीच भेटवार्ता भएको छ ।
सो भेटघाटमा महावाणिज्यदूत पौडेलले नेपालको समग्र हितमा आफ्नो कार्य केन्द्रीत हुने वताए । त्यस्तै, चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले सिपिङ लाइन कन्टेनरमा लिने डिटेन्सन शुल्कमा एकरुपता नभएकाले सो शुल्क हटाउनेतर्फ पहल गर्नु पर्ने अनुरोध गरे । उनले नेपालको लागि पर्याप्त रेल्वे मुभमेन्ट कार्गोको व्यवस्था हुनु पर्ने बताए । अध्यक्ष श्रेष्ठले पारवहन लागत घटाउन हुन सक्ने प्रयास जारी राख्न पहल हुनु पर्ने, कोलकाता कस्टम हाउससँग सुमधुर सम्बन्ध राखि नेपाली कार्गोलाई सहजीकरण गर्नुपर्ने बताए ।































प्रतिक्रिया