‘प्रदेशसभा नियमावली संशोधन समिति गठन’ प्रस्ताव पारित

‘प्रदेशसभा नियमावली संशोधन समिति गठन’ प्रस्ताव पारित

केन्द्रबिन्दु
0
Shares

कर्णाली प्रदेशसभाको बैठकले ‘कर्णाली प्रदेशसभा नियमावली, २०७९’ संशोधन समिति गठन’ सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

सभामुख नन्दा गुरुङले ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’लाई समयानुकूल संशोधन गर्न आवश्यक भएकाले आइतबारको बैठकमा सो सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त समितिमा रहने सदस्यको नामावलीसहित प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए।

सदस्य विष्टले तीन महिनाभित्र कार्य सम्पन्न गर्ने गरी कल्याणी खड्का टेकराज पछाई देवेन्द्रबहादुर शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार, विनोदकुमार शाह, सन्तोषी शाही, हिक्मतबहादुर विष्ट सो समितिमा रहने गरी बैठकमा प्रस्ताव प्रस्तुत गरे ।

उक्त प्रस्तावमा प्रदेशसभा सदस्य पछाइले समर्थन गरेसँगै सभामुख गुरुङले उक्त प्रस्ताव सभाबाट सर्व सहमतिले अनुमोदन भएको घोषणा गरे । प्रदेशसभाको अर्को बैठक यही साउन १६ गते दिउँसो ३ बजे बस्ने छ ।

Skip This
Skip This
Logo