प्रकोपका रुपमा फैलिएको डेङ्गीका कारण धरानमा ८ जनाको मृत्यु भएको छ। २ हजार ३५३ जनामा डेङ्गी पोजेटिभ देखिएका छन्।धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा २ हजार ३५३ जना डेङ्गी सङ्क्रमित देखिएको जानकारी दिए ।
प्रकोपका रुपमा फैलिएको डेङ्गीका कारण धरानमा ८ जनाको मृत्यु भएको छ।
प्रमुख तीन दलका शीर्ष नेताबीच प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषदको बैठक बोलाउने सहमति भएको छ। आइतबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सहमति बनेको हो ।
प्रधानन्यायाधीशलाई ध्यानाकर्षण पत्र बुझाउँदै नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्को बैठक यथाधीश राख्न एसोसिएसनले माग गरेको हो ।
नेपाल बार एसोसिएसनले नयाँ प्रधानन्यायाधीश नियुक्तिको वातावरण चाँडो मिलाउन माग गरेको छ । प्रधानन्यायाधीशलाई ध्यानाकर्षण पत्र बुझाउँदै नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्को बैठक यथाधीश राख्न एसोसिएसनले माग गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्धको फाइल सरकारले खोल्न थालेपछि गठबन्धन भत्काउने षडयन्त्र भएको दाबी गरेका छन्। ललितपुरमा आइतबार आयोजित एक कार्यक्रममा उनले जस्तो सुकै दबाब र षडयन्त्र बनाइ पनि भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने दाहालको भनाइ थियो ।
नेकपा एमालेले संसदीय समितिहरुले पूर्णता नपाए आगामी दिनमा कुनै पनि समितिका बैठकमा सहभागी नहुने चेतावनी दिएको छ । सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा सचिव योगेश भट्टराईले सत्तारुढ गठबन्धनका कारण समितिहरुले पूर्णता नपाएको र त्यसबाट उत्पन्न हुने समस्याको भारी एमालेले नबोक्ने बताए ।
निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारलाई १५ हजार रुपैयाँ जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले उच्च अदालत पाटनमा रिट दर्ता गरेको छ । रास्वपा सांसदहरु विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र सोबिता गौतमले रिट हालेका हुन् । उनीहरुले खर्च विवरण यसअघि नै सार्वजनिक गरेको दाबी पनि गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्धको फाइल सरकारले खोल्न थालेपछि गठबन्धन भत्काउने षडयन्त्र भएको दाबी गरेका छन्।
काठमाडौंको चावहिलमा रहेको नापी कार्यालयका तत्कालीन अधिकृत राजु पुरीविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोडको भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनले २०५२ पुस ९ गते सेवा प्रवेश गरी २०७९ असार मसान्तसम्मको अवधिमा कमाएको एक करोड ४ लाख ३ हजार ९४१ रुपैयाँ बराबरको स्रोत नखुलेको अख्तियारले जनाएको छ ।
सत्तारुढ दलसहितको समाजवादी मोर्चाले भ्रातृ संगठन समाजवादी विद्यार्थी मोर्चा घोषणा गरेको छ । देशव्यापी मोर्चा विस्तारमा लागेको उसले आइतबार ललितपुरको एक कलेजबाट विद्यार्थी मोर्चा घोषणा गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अब प्रतिनिधिसभा बैठक बस्नु अघि हरेक पटक संसदीय दलको बैठक बस्ने अभ्यास सुरु गरेको छ । बैठकको कार्यसूचीसहित समसामयिक विषयमा छलफल गर्ने परिपाटीको सुरुवात गरेको उसको भनाइ छ ।
नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकता भएको छ।आइतबार जनकपुरधाममा दुई पार्टीबीच एकता घोषणा भएको हो।नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरी र नेपाल सद्भावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोले पार्टी एकता गर्ने सहमतिमा हस्ताक्षरसमेत गरेका छन्।
राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच एकता हुने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी दुई पार्टीबीच एकता घोषणा गर्ने सहमति दुई पार्टीबीच भएको हो । सहमति पत्रमा राप्रपा नेपालका अध्यक्ष कमला थापा र मोर्चाका अध्यक्ष तारानाथ लुइँटेलले हस्ताक्षर गरे ।
इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आइतबार सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाइएको छ। यसका लागि यही साउन २० गतेदेखि २४ गतेसम्म आवेदन दिन सकिने छ ।
सेयर बजार परिसूचक नेप्से आइतबार पनि २६ दशमलब १४ अंकले घटेको छ । मौद्रिक नीति सार्वजनिक भएपछि लगातार घटिरहेको नेप्से २१ सय अंकमा झरेको छ । आइतबार २ अर्ब ५० करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग वार्ता गर्न तयार रहेको बताएका छन् । जारी युद्धबिरामका लागि तत्काल युक्रेनी सेनालाई विश्वास गर्न नसकिने भएकाले आक्रमण जारी राखेको उनको भनाइ थियो ।
सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा सचिव योगेश भट्टराईले सत्तारुढ गठबन्धनका कारण समितिहरुले पूर्णता नपाएको र त्यसबाट उत्पन्न हुने समस्याको भारी एमालेले नबोक्ने बताए ।
स्विटजरल्याण्ड र नर्वे महिला विश्वकप फुटबलको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् । समूह एबाट स्विटजरल्याण्ड विजेता र नर्वे उपविजेता बनेका हुन् । स्विटजरल्याण्डसँग बराबरीमा रोकिएको आयोजक न्युजिल्यान्ड समान चार अंक भए पनि नर्वेसँग गोलअन्तरमा पछाडि पर्दै लिग चरणमै रोकियो । पुछारमा रहेको फिलिपिन्सको ३ अंक रह्यो ।





























प्रतिक्रिया