कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ।
जसअनुसार नेपाली गोलभेँडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १२०,टनेल गोलभेँडा सानो ८०,घिउ सिमी लोकल २५,काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ,आलु रातो ४८,आलु सेतो ३४, भारतीय आलु रातो ३५,भारतीय प्याज सुकेको ४५,लौका ४० कायम रहेकाे छ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३६० रुपैयाँ, गाँजर ११०,बन्दा लोकल १०,मूला रातो ३०,भन्टा लाम्चो ३०,मकै बोडी ६०,टाटे सिमी ८०,ब्रोकाउली ८०, कागती १३० रुपैयाँ, भिण्डी रू ३५,न्यूरो ७० रुपैयाँ,रातो बन्दा प्रतिकेजी ७० रुपैयाँ,लोकल काक्रो ४०,तामा ९०,अदुवा प्रतिकेजी २६० रहेको समितिले जनाएको छ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ३००,केरा दर्जन १४०,अनार ३०० रुपैयाँ,नासपाती ७०,आभोकाडो ५५० रुपैयाँ,कालो अंगुर ५००,किवि ७५०,हरियो खुर्सानी अकबरे ३०० रुपैयाँ,रहु माछा ३१०,छडी माछा २४०,ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ।
यस्तै,मालदह आँप १८०,हरियो धनिया १००,लसुन हरियो ९०, खुर्सानी सुकेको ४५०,नेपाली लसुन २१०,चाइनिज लसुन २७०,रुख कटहर ३५,भेडे खुर्सानी ७० मा कारोवार भइरहेको छ।





























प्रतिक्रिया