काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा डोजर चलाउने तयारी गरिरहेको छ ।
सोमबार महानगरले कार्यालय भवन बिजुलीको हाइटेन्सन लाइनमुनि रहेको भन्दै हटाउन लागेको हो । यस्तै, भवनको नक्सा पास पनि नरहेको महानगरले जनाएको छ ।
महानगरले राप्रपालाई गत शुक्रबार नै समय दिएको थियो । तर राप्रपाले कार्यालय नसारेपछि महानगरले आज भत्काउने तयारी गरेको हो । महानगरले कार्यालय भत्काउने खबरपछि राप्रपाका नेता, कार्यकर्ताहरू कार्यालय पुगेर सडकमा गाडी राखेर अवरोध गरिरहेका छन् ।





























प्रतिक्रिया