अभिनेत्री रेखा थापाको फिल्म ‘उपहार’ द जर्नी अफ लाइफमा नायिका बेनिशा हमाल अनुबन्धित भएकी छिन्। ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार हुन लागेको उक्त चलचित्रमा नायिका हमाल सोमबार अनुबन्धित भएकी हुन्।
चलचित्र छायाँकनका लागि वरिष्ठ छाँयाकार विष्णु घिमिरे कल्पितलाई अनुबन्धित भइसकेका छन्। चलचित्र भदौ ७ गतेदेखि छायाँकनमा जाँदैछ। चलचित्रमा रेखासहित पूजा शर्मा,बेनिसा हमाल,मुकुन भुषाल लगायतका कलाकारको अभिनय रहने निर्देशक देउजाले जानकारी दिए।
रेखा फिल्म्स र कपनगढी फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र सामाजिक कथामा आधारित हुने बताइएको छ। यो चलचित्रको कथा सुलक्षण भारतीले लेखेका हुन्।































प्रतिक्रिया