प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नभए संसद् अवरोध गर्ने अडान राखेपछि सोमबार दिउँसो १ बजे बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।  अर्को बैठक मंगलबार १ बजे बस्नेछ ।  

सुन तस्करीको विषयमा गृहमन्त्रीमाथि प्रश्न र आशंका रहेकोले उच्चस्तरीय छानबिन समिति गठन गरेपछि मात्रै संसद् अगाडि बढ्न दिने एमालेको अडान छ । आजै सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत एमालेलगायतका दलका संसदीय पदाधिकारीसँग संसद्को अवरोध खुलाउनेबारे छलफल गरेका थिए । साथै उनले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि छलफल गरेका थिए ।

संघीय संसद सचिवालयका अनुसार आजकाे बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने कार्यसूची थियो। यसैगरी,राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्यहोरा पढेर सुनाइने पनि कार्यसूचीमा उल्लेख छ ।

Skip This
Skip This
Logo