कोसी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन् ।
थापाले आफूलाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्रीमा नियुक्त गर्न माग गरेका छन् । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेको समय सीमाभित्र नै उनले दाबी पेश गरेका हुन् ।
असार २१ गते कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका गरी ४६ प्रदेशसभा सदस्य र सभामुखको छुट्टै समर्थन लिएर थापा मुख्यमन्त्री नियुक्त भएका थिए । तर, सभामुखले समर्थन गरेर सरकार निर्माण गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले फैसला गरेको थियो । आज भने सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर दाबी पेश गरिएकाे हाे ।































प्रतिक्रिया