मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न उपराष्ट्रपति यादवको आग्रह

मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न उपराष्ट्रपति यादवको आग्रह

केन्द्रबिन्दु
0
Shares

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मधेश प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न सङ्घ र प्रदेश सरकारलाई आग्रह गरेका छन् । 

महोत्तरीको मटिहानी नगरपालिकामा आयोजित राष्ट्रिय झण्डाको समुद्घाटन तथा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले मधेश प्रदेशको जनता तथा किसानप्रति संवेदनशील भएर कामकाज गर्न र यस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्न निर्देशन दिएका हुन् । 

सिँचाइको समस्या छँदाछँदै सुख्खाको समस्या पनि मधेस प्रदेश भरिनै थपिएको र यसले गर्दा पिउने पानीको समेत समस्या विकराल देखिएको भन्दै उनले संवेदनशील हुन सङ्घ र प्रदेश सरकारलाई आग्रह गरे ।

उपराष्ट्रपति यादवले मटिहानी नगरपालिकाले राष्ट्रियताको परिचय दिँदै ११० फिटको अग्लो नेपालको झण्डा जडान गरेको र सो झण्डाको समुद्घाटन गर्न पाउँदा आफू हर्षित भएको बताए  । ‘नेपालमै पहिचान, सम्मान र राष्ट्रियतासँग जोडिएको राष्ट्रिय झण्डालाई अबका दिनमा हेरविचार गर्न मटिहानी नगरपालिका र मटिहानीबासीलाई आग्रह गर्दछु।’ उनले भने । 

नागरिक अभिनन्दन कार्यक्रममा सरिक भएका मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले प्रदेशको दिगो विकासका लागि आग्रह गरे। 

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सरकार सदैव नागरिकका सवालमा संवेदनशील भएको बताए । 

Skip This
Skip This
Logo