कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेसका उद्धव थापा नियुक्त भएका छन्। सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त गरेका हुन्।
कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन्। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आह्वानगरेको समय सीमालाई मध्यनजर गर्दै मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न गठबन्धन दललाई बहुमत पु–याउन सभामुख गौतमले राजीनामा दिएका हुन्।
सभामुखको हस्ताक्षर प्रयोग गरी सरकार गठन गरेको कारण २२ दिनमै मुख्यमन्त्रीबाट बर्खास्त भएका थापालाई प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार दोस्रो पटक मुख्यमन्त्री नियुक्त गरेका हुन्।
संवैधानिक परिषद्को बैठक बुधबार पुनः बस्ने गरी स्थगित भएको छ। प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफल गर्न प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा मंगलबार दिउँसो बसेको परिषदको बैठक कुनै निर्णय नगरी टुंगिएको हो।
बैठकबाट विश्वम्भर प्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी थियो।प्रधानन्यायाधीश हरिकृष्ण कार्की चारदिनपछि २० साउनबाट अनिवार्य अवकाशमा जाँदैछन्।
सुन तस्करी प्रकरणमा प्रमुख विपक्षी नेकपा एमालेले अडान नछाडेपछि प्रतिनिधिसभाको मंगलबारका लागि तय भएको बैठक पनि स्थगित भएको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित भएको छ।
बैठकबाट विश्वम्भर प्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने तयारी थियो।प्रधानन्यायाधीश हरिकृष्ण कार्की चारदिनपछि २० साउनबाट अनिवार्य अवकाशमा जाँदैछन्।
परराष्ट्र मन्त्रालयले गलत सूचनाका आधारमा विदेशको सेनामा काम गर्न नजान सूचित गरेको छ। मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा नेपाली नागरिक विदेशी सेनामा भर्ना भएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको भन्दै सचेत गराएको हो।
विश्व बैंकले नेपालको स्वास्थ्य प्रणालीसुधारका लागि आफ्नो सहयोगलाई निरन्तरता दिने भएको छ। विश्व बैंकका देशीय निर्देशक फारिस हादाद जेरभोसले आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग भेटवार्ता गरी उक्त प्रतिबद्धता जनाएको हो।
सरकारले निर्यात प्रवद्र्धनका लागि सहजीकरण गरिरहेको भए पनि निर्यात भने लगातार घट्दो अवस्थामा रहेको छ। आर्थिक वर्ष २०७९/८० मा नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको छ। गत आवमा रु एक खर्ब ५७ अर्बको वस्तु निकासी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
नेपाल निर्माण व्यवसायी संघ तीन दिनदेखि आन्दोलनमा रहेको छ।निर्माण कार्यको बाँकी रकम भुक्तानी, म्याद थप, मूल्य समाजोजनलगायत विभिन्न माग राख्दै निर्माण व्यवसायीहरूले आन्दोलन जारी राखेका छन्।बालुवाटार र वानेश्वरमा मंगलबार पनि निर्माण व्यवसायीहरूले घेराउ तथा प्रदर्शन गरेका हुन।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र हवाई इन्धनमा आठ रुपैयाँ तथा डिजल र मट्टीतेलमा सात/सात रुपैयाँका दरले भाउ बढेर आएको छ। खाना पकाउने एलपी ग्यासमा भने प्रतिसिलिन्डर एक सय रुपैयाँ घटेर आएको नेपाल आयल निगमले जनाएको छ।
यस वर्षको जुलाई महिनामा नेपालमा झन्डै ५८ हजार जना पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार जुलाई महिनामा ५७ हजार सात सय २६ जना पर्यटक आएका छन् ।
यो सङ्ख्या अघिल्लो वर्षको जुलाईको भन्दा २९ दशमलव आठ प्रतिशतले धेरै हो । अघिल्लो वर्षको जुलाईमा ४४ हजार चार सय ६२ जना पर्यटक आएका थिए।
यस वर्षको जुलाई महिनामा नेपालमा झन्डै ५८ हजार जना पर्यटक भित्रिएका छन्।
अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले वर्ल्ड ट्रेड सेन्टर काठमाडौँको त्रिपुरेश्वरमा स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको छ। भाद्र २६ गतेदेखि ३१ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने नाडा अटो शो २०२३ को स्टल निर्धारणका लागि लटरी ड्र सम्पन्न गरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले घटेको छ। आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ को बिन्दुमा कायम भएको हो।
अष्ट्रेलियामा बालगृहका एक कर्मचारी ९१ बालिकाको बलात्कार र यौन शोषणमा दोषी ठहर भएका छन्।अष्ट्रेलियाको क्वीन्सल्याण्ड र न्यु साउथ वेल्समा रहेको बालगृहमा कार्यरत एक पुरुषले बालगृहका बालिकाहरुलाई बलात्कार र यौन शोषण गरेको आरोपमा प्रहरीले सन् २०२२ को अगष्टमा पक्राउ गरेको थियो।
फुटबलर सावित्रा भण्डारी व्यावसायिक खेलका लागि इजरायल प्रस्थान गरेकी छिन्। नेपालबाट युरोपेली क्लबमा गएर खेल्ने सावित्रा पहिलो खेलाडी हुन्। उनी इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानामा अनुबन्धित भएकी छिन्।
अमेरिकासँगको बराबरीसँगै पोर्चुगल महिला विश्वकप फुटबलमा समूह चरणबाट बाहिरिएको छ। समुह ‘इ’ को जित्नै पर्ने खेलमा पोर्चुगल अमेरिकासँग गोलरहित बराबरीमा रोकिएपछि अमेरिका भने अन्तिम १६ मा पुग्न सफल भएको छ।





























प्रतिक्रिया